• ट्रेण्डिङ्ग :
कांग्रेसले महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छ -सभापति यादव

कांग्रेसले महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छ -सभापति यादव


  • 5.4K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    कांग्रेसले महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छ -सभापति यादव

    महोत्तरी, २ फागुन। नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन्।

    images

    अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दावी गरेका छन्।

    क्षेत्र नम्वर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गरे।

    जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए। व्यक्ति आफू बलियो बन्नु भन्दा पहिला संगठनलाई दरिलो बनाएर अघि बढे राम्राे हुने उनकाे भनाइ छ। 

    उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ। होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ। 

    पार्टीले गठबन्धनको बिषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेको भनाइ छ। बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए। 

     


    तेस्रो आँखा