• ट्रेण्डिङ्ग :
कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो


  • 3.1K
    SHARES
    • फाल्गुण २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो

    नेपालगन्ज, फागुन २९ । बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ ।

    images

    वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जिल्लाको राप्तीसोनारी गाउँपालिका ६०।०१ ऋङ्कसहित पहिलो स्थानमा रहेको छ । सोही प्रकारले बैजनाथ गाउँपालिका ५९।२७ र कोहलपुर नगरपालिका ५८.२१ ऋङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका ४६।८९ अङ्कसहित सातौँ स्थानमा छ भने जानकी गाउँपालिका ४३.५९ अंकसहित अन्तिम स्थानमा रहेको छ ।

    स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिजा० मा डुडुवा गाउँपालिकाले ९५।२५ अङ्क प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ भने खजुरा गाउँपालिकाले ९१।२५ र राप्तीसोनारी गाउँपालिकाले ९०।७५ अङ्क हासिल गरेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

    नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेको देखिएको छ । यसैगरि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा राप्तीसोनारी गाउँपालिका ९९।५ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने खजुरा गाउँपालिका ९० र जानकी गाउँपालिका ८८।५ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेका छन् ।


    तेस्रो आँखा