• ट्रेण्डिङ्ग :
रोल्पामा युवकको शव फेला

रोल्पामा युवकको शव फेला


  • 9.2K
    SHARES
    • चैत्र ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 14.1K Views

    रोल्पामा युवकको शव फेला

    रोल्पा चैत ५ । रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका ९ हाङबाङस्थित सालघारी सामुदायिक वनमा रोल्पा नगरपालिका ९ घर भएका २३ वर्षीय उमेश बुढामगरको शव फेला परेको हो । 

    images

    उमेशको आमा बुवा नभएको र हाल नेपालगन्जमा हजुर बुवासँग बस्दै आएको प्रहरीले जनाएको छ । उनी १०(१२ दिन अगाडी नेपालगन्जबाट मामा घरमा भेटघाटका लागि रोल्पा आएका थिए । 

    मामा घरमा आएर हजुर आमासँग बसेका उमेश चैत्र १ गते रोल्पाको सदरमुकाम लिबाङमा सञ्चालन भएको महोत्सवमा पुगेका थिए । त्यसपछि आफन्तको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक रोहितकुमार शाहीले जानाकरी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।


    तेस्रो आँखा