• ट्रेण्डिङ्ग :
नेतृत्वमा रहेका महिलालाई विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धि परामर्श

नेतृत्वमा रहेका महिलालाई विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापन सम्बन्धि परामर्श


  • 6.2K
    SHARES
    • चैत्र ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 9.6K Views

    नेतृत्वमा रहेका महिलालाई विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापन  सम्बन्धि परामर्श

    तुलसीपुर, ८ चैत । राष्ट्रिय सुरक्षा कोष (UNEPA) को आर्थिक सहयोग तथा ओरेक संस्थाको आयोजनामा  विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापनमा महिला मानव अधिकार रक्षक सञ्जाल, महिलाहरूको नेतृत्वमा रहेका संस्था तथा सामुदायिक संस्थाहरुको महत्त्व उजागर गर्न सरकारी सरोकारवालासंग परामर्श बैंठक सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरको विपद् तथा वन वातावरण संयोजक दुजमान भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरकी मेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा परामर्श बैठक सम्पन्न  भएको हो । 

    images

    उक्त कार्यक्रममा बोल्दै उपमेयर स्यानी चौधरीले नेतृत्वमा रहेका महिलालाई काम गर्न उचित वातावरण सृजना नभएको बताउनुभयो । महिलाले नै सबै काम गर्न नसक्ने खालको प्रवृत्ति सृजना भएको उहाँको भनाइ छ । विपद्  कहिले आउँछ त्यो कसैलाई पनि थाहा नहुने र त्यसका लागि विभिन्न जनचेतनामुल्क परामर्श दिन आवश्यक रहेको बताउनुभयो । जलवायु विश्वमा नै घातक संकेत गराइरहेको छ । यसको  न्युनिकरण गर्नका लागि समयमा नै सरकार देखि निजी संस्थाहरु पनि अग्रसर हुने जरुरी रहेको उहाँको भनाइ छ ।

    WhatsApp Image 2025-03-21 at 12.33.05_774d1f25.jpg

    उक्त कार्यक्रम बोल्दै वडाध्यक्ष एवम् विपद् व्यवस्थापन संयोजक दुजमान भण्डारीले महिलाले नेतृत्व गर्ने सक्दैन भन्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । विपद् भनेर आउने समस्या नभएको उहाँको भनाइ रहेको छ । यसबाट बच्नका लागि निश्चित विधि एवम् प्रक्रियाहरु अबलम्न गरेर अगाडि बढन उहाँले सबै नेतृत्वदायी महिलाहरुलाई आग्रह गर्नुभयो ।साथै जलवायु परिवर्तनलाई रोक्नका लागि तुलसीपुर उपमहानगरले पलाष्टिकको नष्ट गर्ने अभियानमा रहेको उहाले बताउनुभयो । 

    आरेक संस्थाकी केन्द्रीय सहजकर्ता अनुपमा पोख्रेलले  नेतृत्वमा रहेका महिलाहरुलाई अवसरहरुबाट पन्छाइने बताउनुभएको छ । उहाँले महिलाहरुको सहभागीता अर्थपूर्ण, नेतृत्वमा आउने र आवाज उठाउने, मानवीय साहयताको क्षेत्रमा भएका चुनौती, समस्या समाधान गर्नका लागि अवरोध, अगामि कार्यशैली, शक्ति रुपान्तरण, भाष्य मानवीय साहयतामा लैङ्गगिक रुपान्तरणकारी प्रतिकार्य र लक्ष्यित समूह लगायतका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियोे । साथै हरेक क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरुलाई अर्थपूर्ण क्षेत्रमा पनि बढि सहभागी जनाउन आग्रह गर्नुभएको थियोे । WhatsApp Image 2025-03-21 at 12.33.05_774d1f25.jpg

    मानव अधिकारकर्मी सुष्मा गिरी, अनिता पोख्रेल र टेकबहादुर चौधरी लगायतका प्रतिनिधिहरुले महिलालाई नेतृत्वमा लिने मात्र नभइ आफ्नो कर्तव्य पूरा गर्ने दिने बताउनुभयो ।

    विपद् प्रतिकार्य र जलवायु परिवर्तन व्यवस्थापनमा परामर्श कार्यक्रमको सहजपकरण ओरेक संस्था दाङकी अध्यक्ष कल्पना चौधरीले गर्नुभएको थियोे ।


    तेस्रो आँखा