• ट्रेण्डिङ्ग :
भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


  • 4.9K
    SHARES
    • चैत्र ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.5K Views

    भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    अमेरिका, चैत १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उहाँले सोमवार यस्तो घोषणा गर्नुभयो ।

    images

    ‘‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ ।’’ ट्रम्पले भन्नुभयो, ‘‘भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनैपनि देशले हाम्रो देशसँग गर्ने कुनैपनि व्यापारमा संयुक्त राज्य अमेरिकालाई २५ प्रतिशतको कर तिर्न बाध्य हुनेछ ।’’

    सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने र कर अप्रिल २, २०२५ मा लागू हुने बताउनुभयो ।

    ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाउनुभयो । 

    ट्रम्प प्रशासनले हालै दुई सयभन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानुन १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ । 


    तेस्रो आँखा