• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन : एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने 

स्थानीय तह निर्वाचन : एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने 


  • 9.6K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    स्थानीय तह निर्वाचन : एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने 

    काठमाडौं, ३ चैत। नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको सचिवालय बैठकले जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    images

    'जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ' नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान सञ्चालन गर्ने जनाएको छ।

    त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ। 

    यी नेतालाई दिइयाे जिम्मेवारी 

    प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष 
    मधेश प्रदेश – जगन्नाथ  खतिवडा, उप माहासचिव
    वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
    गण्डकी प्रदेश  – जयन्ती राई, उपाध्यक्ष 
    लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
    कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
    सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य


    तेस्रो आँखा