• ट्रेण्डिङ्ग :
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे


  • 5.6K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.5K Views

    भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

    बैंकक, चैत १५ । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।

    images

    थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।

    शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७।७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    आपतकालीन अवस्था घोषणा
    यसैबिच थाई अधिकारीहरूले बैंककमा आपतकालीन अवस्था घोषणा गरेका छन् । म्यानमारमा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपतकालीन अवस्था घोषणा गरिएको बताउनुभयो ।

    भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो । रासस


    तेस्रो आँखा