तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा आगलागीबाट एकजना घाइते भएकी छन । घाइते हुनेमा तुलसीपुर- ३ रानागाउ निवासी ६० बर्षिया गाेमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वलीले आफ्नै घरमा खाना पकाउने क्रममा आचानक शरीरमा लगाएको कपडामा आगो सल्केकाे हाे । वलिकाे कम्मर, पेट र साप्रामा ३० प्रतिशत जलि घाइते भएकी हुन ।
उनिकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
