• ट्रेण्डिङ्ग :
विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने

विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने


  • 10.2K
    SHARES
    • चैत्र १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 15.6K Views

    विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने

    काठमाडौँ, चैत १७ । विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । 

    images

    सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिने छ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिने छ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैँकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच विस्तारमा सघाउ पुग्ने बताउनुभयो ।  

    उहाँले भन्नुभयो– ‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानका लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायलाई बजार र सेवासम्म पहुँच पुर्‍याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवर्धन गर्न मद्दत गर्छ ।’

    विश्व बैँककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्ने छ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनका लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।


    तेस्रो आँखा