• ट्रेण्डिङ्ग :
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार


  • 12.4K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 19.1K Views

    भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

    याङ्गुन,  चैत २० । म्यानमामा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

    images

    भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।

    स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३स्०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।

    बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ ।राससरएएफपी


    तेस्रो आँखा