• ट्रेण्डिङ्ग :
म्यानमारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी

म्यानमारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी


  • 4.1K
    SHARES
    • चैत्र २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    म्यानमारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी

    याङ्गुन, चैत २१ । म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ ।

    images

    छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।” राससरएएफपी


    तेस्रो आँखा