• ट्रेण्डिङ्ग :
वैशाख ३० हुने स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने  विप्लवको प्रस्ताव

वैशाख ३० हुने स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने  विप्लवको प्रस्ताव


  • 6.4K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    वैशाख ३० हुने स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने  विप्लवको प्रस्ताव

    काठमाडौं, ४ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले  वैशाख ३० गते हुने स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्।

    images

    कपिलवस्तुको शिवगढीमा  शुक्रबार सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा विप्लवले सो प्रस्ताव गरेका हुन। बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत चुनावलाई उपयोग गर्नुपर्ने भनिएपनि चुनावमा सहभागी  भएर उपयोग गर्ने की के गर्ने भन्नेबारे खुलाइएकाे छैन।

    चुनावलाई कसरी उपयोग गर्ने भन्ने निर्णय केन्द्रीय कमिटीले गर्ने बताइएको छ।  विप्लवको पार्टीमा अहिले चुनावमा जानु संसदीय व्यवस्थालाई स्वीकार्नु हुने भएकाले चुनावमा जान नहुने मत पनि छ। 

    तर विप्लवको पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता भएको छैन । 


    तेस्रो आँखा