काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।
पार्टीका अध्यक्ष कमल थापाले एक कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका हुन् ।
शनिबार पोखरामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चुनावी तालमेलका लागि एमालेसँग प्रारम्भिक छलफल भएको बताएका हुन् ।
थापाले अब विस्तृत रूपमै छलफल गरेर अघि बढ्ने बताउँदै आवश्यकताअनुसार अन्य दलसँग पनि सहकार्य गर्ने जानकारी दिए । संगठन विस्तारमै व्यस्त रहेको उनले बताए ।
शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
