• ट्रेण्डिङ्ग :
नेकपा माओवादीका तीन नेता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा माओवादीका तीन नेता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


  • 8.5K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    नेकपा माओवादीका तीन नेता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र)का तीन जना नेता नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालमा एक औपचारिक कार्यक्रमकाबीच माओवादीका पूर्व केन्द्रीय सदस्य मनिष दोङ्बा लामा, पूर्व जनमुक्ति सेनाका कमाण्डर सोनाम घिसिङ र नेता शुक्ल लामा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

    images

    उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गराइन् । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले देशमा न्याय  हराएको बताइन् ।  उनले भनिन्, ‘हाम्रो देशमा न्याय कहाँ छ ? समानता कहाँ छ ? ।’ फरक प्रसंगमा उनले असल राजनीति गर्नेले जनताको सहि मर्म र भावनालाई बुझ्ने कोशीस गर्नुपर्ने  बताइन्। 

    कार्यक्रममा मनिष दोङ्बा लामाले २००७ सालमा कांग्रेसले युद्ध गर्दा र माओवादीले दश वर्षे युद्ध गर्दा सजाय नपाउने तर आफूहरुले आदीवासीको लागि लड्दा जेलमा थुनिन परेको भन्दै राज्यसँग असन्तुष्टि पोखेका थिए । त्यस्तै सोनाम घिसिङले नेपाली नागरिकको लागि केही गरेर देखाउनुपर्ने र अहिलेको कुशासनले भरिएको देशको अवस्था परिवर्तन गर्नु पर्ने बताए ।  नागरिक उन्मुक्ति पार्टीले अब श्रमवर्ग, उपभोक्ता र देशका लागि काम गर्ने नेताहरुले दाबी गरेका छन् । उनीहरुले रेशम चौधरीलाई कारागारमा राखिएको विषयप्रति असन्तोष पोखे । 


    तेस्रो आँखा
    लेखकबाट थप