• ट्रेण्डिङ्ग :
तुलसीपुरमा सवारी दुर्घटना हुँदा एकजना घाइते

तुलसीपुरमा सवारी दुर्घटना हुँदा एकजना घाइते


  • 4.6K
    SHARES
    • बैशाख १८, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.1K Views

    तुलसीपुरमा सवारी दुर्घटना हुँदा एकजना घाइते

    तुलसीपुर, १८ बैशाख । दाङको तुलसीपुरमा ट्रक र बस दुर्घटना हुँदा एकजना घाइते भएकी छिन । तुलसीपुर-७ ग्वारखाेली स्थित बस ट्रकको पछाडिको भागमा ठाेकिँदा सल्यानकाे छत्रेश्वरी-२ निवासी दिला नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयाे ।

    images

    उहाँका अनुसार तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु.प्र.०१-००१ख ००१ नं.को बस र सोही दिशाबाट जाँदै गरेको रा १ ख ३६१८ नं.को टिप्परसंग ठाेकिँएकाे थियोे । बिहिवार बिहान १० बजे बस टिप्परसंग ठाेकिएकाे हाे ।

    घाइते नेपालीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  उपचार भइरहेको छ। बस चालक घोराही-११ निवासी ३४ बर्षिय टोप बहादुर वली र टिप्पर चालक बबई-१२ हापुर निवासी ३० बर्षिय मिलन विक प्रहरीकाे नियन्त्रणमा छन । साथै घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


    तेस्रो आँखा