• ट्रेण्डिङ्ग :
भारत-पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

भारत-पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह


  • 4.3K
    SHARES
    • बैशाख २४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.6K Views

    भारत-पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

    काठमाडौं, २४ वैशाख । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ।

    images

    संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताउनु भएको छ ।

    उहाँले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गर्नुभएको छ । दुजारिकले भन्नुभयो, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’

    यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गर्नुभएको थियो।

    उहाँले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गर्नुभएको थियो। भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् ।

     


    तेस्रो आँखा