• ट्रेण्डिङ्ग :
भारत उच्च सतर्कतामा : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षण संस्था बन्द

भारत उच्च सतर्कतामा : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षण संस्था बन्द


  • 4.9K
    SHARES
    • बैशाख २६, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 7.5K Views

    भारत उच्च सतर्कतामा : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षण संस्था बन्द

    काठमाडौं, २६ बैशाख । छिमेकी मुलुक पाकिस्तानसँग चर्किएको तनावका कारण भारतले मुलुकभर उच्च सतर्कता अपनाएको छ । पछिल्ला दिनहरूमा पाकिस्तानबाट भएका लगातार ड्रोन आक्रमणपछि भारतका ६ राज्यमा स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरूको बिदा रद्द गरिएको छ भने शिक्षण संस्थाहरू बन्द गरिएको छ ।

    images

    हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहार राज्यहरूमा सतर्कता बढाएको हो । सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको र रणनीतिक स्थानहरूमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको बताइएको छ ।

    विशेष गरी पाकिस्तानसँग सिमा जोडिएका पञ्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जिल्लामा तीन दिनका लागि सबै स्कुल तथा कलेज बन्द गरिएका छन् ।

    सुरक्षा चुनौतीसँग जुध्न भारत सरकारले व्यापक तयारी थालेको छ । आन्तरिक प्रशासनिक संयन्त्र सुदृढ गर्नुका साथै संवेदनशील क्षेत्रमा सतर्कता बढाइएको छ । सीमापारबाट भइरहेका गतिविधिलाई मध्यनजर गर्दै सुरक्षाका अतिरिक्त उपायहरू पनि अपनाइएका छन् ।


    तेस्रो आँखा