• ट्रेण्डिङ्ग :
प्रचण्ड–माधव चुनावी गठबन्धनको तयारीमा, अब कांग्रेसलाई नकुर्ने

प्रचण्ड–माधव चुनावी गठबन्धनको तयारीमा, अब कांग्रेसलाई नकुर्ने


  • 9.9K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    प्रचण्ड–माधव चुनावी गठबन्धनको तयारीमा, अब कांग्रेसलाई नकुर्ने

    काठमाडाै,७ चैत्र । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन प्रकृया सुरु हुने भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।  

    images

    प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेको बताइएको छ । कांग्रेसमा चुनावी तालमेलबारे आन्तरिक विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी सुरु गर्न दुबै नेताहरु कसरतमा लागेको श्रोतको दावी छ । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श थालेका छन् ।

    सोमबार नै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि माओवादीसँग मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् । ‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ’, नेपालले भने ।

    उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्न सक्ने बताए । कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसमा चुनावी तालमेलको विषयमा आन्तरिक समस्या समस्या देखिएको परिवेशमा आफूहरुले धेरै कुर्न नहुँने प्रचण्ड पक्षको जोड छ ।

    ‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो ग¥यो हामी छलफल गरौं भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ ।’ कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताउदै नेपालले उनिहरुको आन्तरिक कुरा नमिल्न सक्ने तर्फ समेत ध्यान दिदै चाडै अघाडी बढ्ने बताए ।  

  • सम्बन्धित विषय:

  • # प्रचणड-माधव

  • तेस्रो आँखा
    लेखकबाट थप