• ट्रेण्डिङ्ग :
अझै निर्वाचन टार्ने कलात्मक षडयन्त्र भइरहेको छ – ओली 

अझै निर्वाचन टार्ने कलात्मक षडयन्त्र भइरहेको छ – ओली 


  • 17.2K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 26.5K Views

    अझै  निर्वाचन टार्ने कलात्मक षडयन्त्र भइरहेको छ – ओली 

    काठमाडाैं,७ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि निर्वाचन पर धकेल्ने षडयन्त्र गठवन्धन र आयोगबीच भइरहेको बताका छन् । पार्टीको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले आयोगका ३ पदाधिकारी खाली गराएर त्यही बहानामा निर्वाचन रोक्ने षडयन्त्र भएको बताएका हुन् ।

    images

    ‘अरु ३ जना आयुक्तको नियुक्ती बदर गरिदियो भने दुईजनाले मात्रै निर्वाचन गराउन सक्छ कि सक्दैन भन्ने ढंगले प्रश्न उठाउन खोजिएको छ’, उनले भने, ‘अझै पनि निर्वाचन टार्ने, नगराउने र पर धकेल्ने कलात्मक षडयन्त्र भित्रभित्र भइरहेको छ । सत्ता गठवन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक र कतिपय राजनीतिक कुरा भइरहेका छन् । मुलतः हाम्रोविरुद्ध षडयन्त्र भइरहेको छ ।’ 

    यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे । एमालेको अहिले सुरु भएको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले यस्तो आशंका जनाएका हुन् । उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे ।

    ‘मत काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ’, उनले भने, ‘विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’ ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोग गठवन्धनसँग मिलेको उनले दाबी गरे । उनकाे यो अभिव्यक्ति पूर्वाग्राही र आफ्नो हैसियत थाहा नपाई गरिएको फिक्का टिप्पणीका रुपमा लिइएको सम्बन्धीत निकायका व्यक्तिहरूले प्रतिक्रिया दिएका छन्  । 


    तेस्रो आँखा
    लेखकबाट थप