• ट्रेण्डिङ्ग :
विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान

विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान


  • 4.6K
    SHARES
    • जेठ ७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.1K Views

    विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान

    काठमाडौं, ६ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुनका लागि उहाँ सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

    images

    सांसद गौतम अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्यसम्बन्धी समितिको सदस्यको रुपमा उक्त सभामा सहभागी हुन लाग्नु भएको हो ।

    यस क्रममा उहाँले जेनेभामा संगठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका सत्रहरूमा सहभागीता जनाउने हुनुनेछ । विश्व स्वास्थ्य संगठनले तय गरेका सत्रहरूमा सहभागी हुँदै सांसद गौतमले स्वास्थ्य क्षेत्रका विविध विषयमा नेपालको तर्फबाट आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

    गत चैत अन्तिम साता उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजित १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभाबाट उहाँ आईपीयूको स्वास्थ्यसम्बन्धी सदस्यको रुपमा निर्वाचित कुनुभएको थियो ।

    विश्व स्वास्थ्य संगठनको सभामा सहभागी हुन नेपालबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल यसअघि नै जेनेभा पुगिसक्नु भएको छ । 

  • सम्बन्धित विषय:

  • # सोबिता गौतम

  • तेस्रो आँखा