• ट्रेण्डिङ्ग :
तुलसीपुरनगर जेसीजकाे जेसीज सप्ताह-२०२५ जेठ २४ गतेदेखि हुँदै

तुलसीपुरनगर जेसीजकाे जेसीज सप्ताह-२०२५ जेठ २४ गतेदेखि हुँदै


  • 4.2K
    SHARES
    • जेठ २३, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    तुलसीपुरनगर जेसीजकाे जेसीज सप्ताह-२०२५ जेठ २४ गतेदेखि हुँदै

    तुलसीपुर, २२ जेठ । दाङको तुलसीपुरमा तुलसीपुरनगर जेसीजकाे जेसीज सप्ताह-२०२५ जेठ २४ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । तुलसीपुरनगर जेसीजले प्रत्येक बर्ष जेसीज सप्ताह सञ्चालन गर्दै आएको हुन्छ । बिहीबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै तुलसीपुरनगर जेसीजले जेठ २४ गतेदेखि हुने जेसीज सप्ताह-२०२५ काे बारेमा जानकारी दिएको थियो ।

    images

    तुलसीपुरनगर जेसीजका कार्यकारी उपाध्यक्ष एवम् सप्ताहका मुल संयाेजक केशव राज न्याैपानेले जेसीज सप्ताह-२०२५ (७) दिनसम्म चल्ने र प्रत्येक दिनकाे फरकफरक कार्ययाेजना रहेको बताउनुभयो । पहिलो दिन अर्थात जेठ २४ गते शनिबार बिहान ८ बजे जेसीजकाे सचिवालयमा कार्यक्रमकाे उद्घाटन समारोह हुनेछ । यसको संयाेजकमा झग्गु प्रशाद सापकोटा रहनुनेछ । २५ गते पुर्व अध्यक्षज्युहरुकाे अनुभव र प्रेणा, २६ गते विद्यार्थीसंग जेसीज कार्यक्रम, २७ गते शैक्षिक सामाग्री वितरण कार्यक्रम र २८ गते अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता कार्यक्रम रहेको छ ।

    साथै २९ गते अन्तर संस्था व्याडमेन्ट प्रतियोगिता कार्यक्रम र अन्तिम दिन ३१ गते रक्तदानसहित जेसीज सप्ताह समापन कार्यक्रम  रहेको मुल संयाेजक न्याैपानेले बताउनुभयो ।494555521_24230627316545024_859749666343684403_n.jpg

    तुलसीपुरनगर जेसीजका अध्यक्ष सन्दिप भुषाल जेसिजले समाजकाे नेतृत्व गर्ने मात्र नभइ समाजकाे विकास एव‌्म रुपान्तरणका कामहरु गरिरहेकाे बताउनुभयो । उहाँले युवाले समाज रुपान्तरणमा सक्रिय हुनसक्छ भन्ने कुराकाे नगर जेसीले सावित गरेकाे उल्लेख गर्नुभयो । विपत एवम् पिछडिएका क्षेत्रमा सहयोग गर्दै आएको र नगर जेसीजले सदैव यस्तै कार्य गर्ने बताउनुभयो । अहिलेका युवाहरुलाई तुलसीपुरनगर जेसीज के हाे भन्ने कुराकाे पनि जानकारी दिन जरुरी रहेको उहाँको भनाइ छ । 

    पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजाैरे, तुलसीपुरनगर जेसीजका पुर्व अध्यक्ष  झरेन्द्र खरेल, रिपोर्टर क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले तुलसीपुरनगर जेसीजले प्रत्येक बर्षमा महानचाडकाे रुपमा जेसीज सप्ताह गर्दै आएकाे बताउनुभयो । साथै उहाँहरुले जेसीजले सामाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । सहभागीता, समान, सहनशीलता र सान्दर्भिकताले जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्ने उहाँहरुकाे भनाइ छ । 

    तुलसीपुर नगर जेसिजका महासचिव बुद्धिराज सापकोटाले पत्रकार सम्मेलनकाे सहजिकरण गर्नुभएको थियोे 


    तेस्रो आँखा