काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा विमान दुर्घटना भएको छ ।
लन्डनको लागि उडान भरेको केहि बेरमै एयर इन्डियाको विमान दुर्घटना भएको छ । विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ ।
लन्डनको लागि उडान भरेको केहि बेरमै एयर इन्डियाको एआई १७१ विमान दुर्घटना भएको छ । विमानमा २ सय ४२ जना भन्दा धेरै यात्रु सवार थिए ।
दुर्घटनाबाट भएको क्षतिको विवरण अझैँ आइसकेको छैन । घटनाको प्रतिकार्य काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।
