• ट्रेण्डिङ्ग :
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो

अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो


  • 8.2K
    SHARES
    • जेठ ३२, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 12.6K Views

    अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो

    अहमदावाद, जेठ ३१  । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।

    images

    अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

    “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताउनुभयो ।

    प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिनुभयो ।

    मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ । रासस/एएफपी

     


    तेस्रो आँखा