• ट्रेण्डिङ्ग :
पशुपतिनाथको मन्दिर बने पछि भक्तजन र चन्दा दाता हरुमा टुटेको विश्वास

पशुपतिनाथको मन्दिर बने पछि भक्तजन र चन्दा दाता हरुमा टुटेको विश्वास


  • 17.7K
    SHARES
    • आषाढ २०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 27.2K Views

    पशुपतिनाथको मन्दिर बने पछि भक्तजन र चन्दा दाता हरुमा टुटेको विश्वास

    मान्छे अचम्मको प्राणी, ज्ञान भएपनि नभएपनि ज्ञान विज्ञान,चेतना र विवेक छ भनि दावी गर्न मान्छेलाई पुरा अधिकार छ। किनकी ज्ञान विज्ञान,चेतना र विवेक तुलना गर्न परिक्षण गर्न सहज छैन जव सम्म ब्यबहारिकतामा देखिददैन। आफूलाई अरु भन्दा पृथक र वढि समझदार ठान्नु र ब्यबहारिकतामा त्यसको उल्टो नतिजा देखिनु अहिको मानवमा भएको सबैभन्दा ठुलो अन्तरविरोधी चेतनास्तर नै हो भनेर मान्न सकिन्छ । आफुलाई लाग्दैमा आफ्नो चेतनाको स्तरको उचाई स्थापित हुदैन । यो संसारमा आएका, रहेका र आउने धेरै सरल, सहज, अहंकारहिन र सर्वशुलभ मानिसहरु साच्चै माहान र सर्वश्रेष्ठ थिए, छन र हुनेछन । चेतनाको आकर्षण र सैद्दान्तिक ज्ञानको रोजाईमा मान्छे आध्यात्मिक,भौतिक वा पराभौतिक मार्गको रुचिगत विषयमा तैरिरहेको हुन्छ ।

    images

    यसलाई सजिलो संग बुझ्दा मन्दिर बनाउने मानिस आध्यात्मिक हुन्छ भन्ने छैन किनकि मन्दिर भौतिक कुरा हो र मन्दिरमा नगएपनि मानिस आध्यात्मिक चरित्रको हुन सक्छ जुन चेतनाले मन्दिर र घरलाई समान देख्छ , भेद देख्दैन। किनकी यस्ता कुरा, यस्ता धेरै विषय संग जोडिएर मानिसका विचार र ब्यबहार बन्ने हुदा कसैको सक्कली रुप बुझ्न कसैलाई सजिलो छैन। तर भौतिक बस्तुको प्रयोगबाट वनेका कुनै निर्माण आत्मसंग जोडिएर आध्यात्मिकताको श्रोत बन्नुमा भौतिकताको होईन आध्यात्मिक चेतनाको प्रभाव हो । त्यसैले मान्छेले मान्छेलाई वुझ्न भेउ नपाउदा हाम्रो समाजमा धेरै ठुलो विरोधाभाष छ । हामी परदेसमा बसेका नेपाली, हामीसंग अहिले हाम्रो संस्कृति, आस्था र विश्वासका धेरै श्रोतहरु याहा बसेका ठॅाउमा पर्याप्त छैनन। तर भौतिकतालाई जीवन दर्शन मान्ने हामीहरु कैयौका लागि सोचे भन्दा ठुलो उपलव्धी भएका ठाउमा रमाएका छौ । तर सत्यकुरा यो पनि हो कि ठॅाउ विशेष, भौतिक उपलव्धी विशेष, र तिनका प्रयोगले जीवन संग जोडिएका विचारहरुमा कुनै परिवर्तन ल्याउदैन । बुझाईको गहिराईले समग्र जीवनको उचाई स्थापित गर्छ । यस्ताकुरा साना साना र सरल काम र कुराबाट प्रतिविम्वित हुन्छ ।

    हामी ग्रेटरअस्टिनवासी नेपालीहरुले हाम्रो जीवनको गहिरो आस्था संग जोडिएको र हाम्रै धार्मिक, सास्कृतिक धरोहर पशुपतिनाथको प्रतिविम्बित मन्दिर पाएका छौ । त्यसैले यो अभियानको सुरुमा यसले जसरी चर्चा र साथ पायो त्यसैगरि प्रसिद्दी पनि । यो मन्दिरले जसरी धर्म संस्कृतिको कारण चर्चा पायो तर त्यसरी नै हामी सबै एकै परिवार हौ भन्ने हाम्रो धर्मको मुलमन्त्र  “बसुदैव कुटुम्बकम” लाई पुरै तिरस्कार गर्यो । मन्दिरले र धार्मिक भावनाले हामी सबैलाई जोडनु पर्ने हो । भेदभाव रहित, होचो अग्लो रहित बनाउनु पर्ने हो तर त्यसको ठिक बिपरित एउटाले अर्कोलाई आरोप, कारबाही, तिरस्कार गर्यो जुन धर्म विनासको समयमा हुन्छ भनेर हाम्रा शास्त्रहरुमा कल्पना गरिएका छन। यसले प्रस्ट के देखायो भने मन्दिरलाई यस्तो आडम्बर भित्र छोपियो र यहि समाजका मानिसलाई त्यो मन्दिरको सबै भन्दा ठुला विरोधी करार गरियो । तिनलाई मन्दिरमा स्वागत छैन । यो मन्दिर कसैको पेवा हो यसको चिन्ता गर्न २ / ४ मानिस पर्याप्त छन र अरु कसैको यसमा सहभागिता जरुरी छैन भन्ने तितो ब्यबहार प्रदर्शन भईरहनु हाम्रो धर्मको मौलिकतामाथिको ठुलो प्राहार हो ।

    एउटा सामान्य मानिस धेरै पटक, मन्दिर हामीले वनाएको हो भन्नेहरुबाट अपमानित भएको हामीले देखेका सुनेका र भोगेका छौ । मन्दिरको नेतृत्व गर्छु भन्नेहरुबाट भएको यति तुच्छ ब्यबहार सहन गर्दै अपमानित हुनु परेको छ कि यो मन्दिरलाई आफ्नो अपनत्व भित्र राखेका ति मानिसको धार्मिकता र ईश्वर प्रति तिनको बुझाई देखेर लाज मान्नु परेको छ । धर्म प्रति आग्रह र पूर्वाग्रह छैन र मन्दिर र धर्मले बहुजनहितायको सन्देस दिन्छ भनेर मान्ने हो भने यहॅा सबै प्रतिको विश्वास बढनु पर्ने हो । सत्संगले मानिसमा गहिरो मित्रभाव हुनु पर्ने हो । तर धर्मको फलले समाजलाई जे जे दिन्छ भन्ने विश्वास गरिन्थ्यो त्यसको ठिक विपरित  "पशुपतिनाथको मन्दिर, ग्रेटर अस्टिनमा" बनेपछि स्थानिय वीच हुनु पर्ने विश्वास र प्रेमको वातावरण चकनाचुर भएको छ । एउटा यस्तो समाज बन्दैछ यहॅा मान्छे मान्छेको विचमा विश्वाश शुन्य छ । कतिपय अवस्थामा छिमेकी छिमेकी विच तुच्छ शब्दहरुले भनाभन भएको छ । यति मात्र होईन यहॅा विग्रेको अवस्थाले अब लामो समय अस्टिनमा नेपाली नेपालीहरु  बिचको हार्दिक संम्वाद हुने संभाबना छैन। अब कुनै राम्रो संरचना निर्माण हुने संभाबना छैन।

    यहॅा मान्छेको सम्मानको भाषा बोलिने छैन र सन्चो बिसन्चो सोधिने छैन । मान्छेले मान्छेलाई अपमान र अनादर गरेको चोट पुरै पुस्ता सम्म रहने छ । अचम्म लाग्ने कुरा त के छ भने मन्दिरको नेतृत्व गर्नेहरुबाट कसैले धर्म, प्रेम, आदर र ईश्वरको कुरा सुन्न समेत पाउदैन । ति मानिस, मानिस हरुको  अपमान गर्दै ऐन कानुनका कुरा गर्न पोख्त छन । आफ्नो व्रम्हले देखेको विवेकले लेख्ने संचारकर्मिलाई तुच्छ शव्दले पटक पटक अपमान र गाली बर्षाईएको छ । यस्तो लाग्छ यी मानिस ईश्वरमा होईन मन्दिरको भवन गर्व गर्छन । मन्दिरमा आउने भक्तहरुले चढाएको पैसा र दानमा उनीहरुको नजर छ । मन्दिर वनाए बापत भक्तहरुले चढाउने दान पैसाको हिसावमा आफ्नो कर्मफल खोजिरहेका छन । मन्दिरको नेतृत्व धर्म र ज्ञानमा होईन यसवाट हुने भौतिकलाभको हिसाब पर्खेर वसिरहेका छन ।मन्दिरको प्रतिफल दान वाकसमा खोज्नेहरु मन्दिरको नेतृत्वमा यो समाजका केहि मानिसलाई स्थायीरुपमा प्रवेश वन्द गरिदिन चाहान्छन । मानौ यो धर्मको धरोहर बर्षौ सम्म उनीहरुकै अधिनस्त रहनु पर्छ । हो धर्म र ईश्वर भनेकै यहि हो । किनकि उनि हरु लाई लाग्छ, यो मन्दिर उनि हरुले आफ्नै पैसाले बनाएको, मन्दिरका मालिक हरु उनि हरु नै हुन।

    संवेदनशील कुरा त के छ भने यो मन्दिर वनाउन आफ्नो गास काटेर दान दिनेहरु हरेक कार्यक्रममा अपमानित भएर घर फर्कनु पर्छ । आफुहरुले दिएको दान रकम काहॉ कसरी र कति खर्च गर्ने ? कति पैसा कुन सामान किन्दा कति खर्च भयो ? कति वचत भयो र कतिले पुगेन भनेर पनि यहॉका दातालाई जान्ने बुझ्ने अवसर र सुविधा छैन । अहिलेको अबस्थाले के देखायो भने पशुपतिनाथ मन्दिरको नेतृत्व धर्म र आस्था संग कुनै पर्वाह राख्दैन । मन्दिर निर्माण गर्न मन खोलेर दान दिनेहरु आज आफु लुटिएको, ठगिएको आभाष गरिरहेका छन । धर्मको नाममा भएको यो विकृतिले मान्छे प्रतिको विश्वास तोडेको छ । ईश्वर र आध्यात्मिकता संग कत्ति पनि साईनो नराख्नेले मन्दिरको विधान र नेतृत्वका सबै पक्षमा हस्तक्षेप गर्दा पशुपतिनाथ भगवान पनि लज्जित हुनु परेको छ ।

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथको मन्दिर

  • तेस्रो आँखा
    लेखकबाट थप