• ट्रेण्डिङ्ग :
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन


  • 2.6K
    SHARES
    • आषाढ २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन

    काठमाडाैं, असार २२  । सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले तीन न्यायाधीशसहित एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।

    images

    सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनुभयो । न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको उहाँले बतउनुभयो । 


    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गर्‍याे । माओवादीको बहिष्कारका बाबजुद पनि संसदीय समितिले तीन न्यायाधीशहरु र एक न्यायपरिषद् सदस्यको नाम अनुमोदन गरेको हो । 


    तेस्रो आँखा