• ट्रेण्डिङ्ग :
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का


  • 9.6K
    SHARES
    • आषाढ २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 14.7K Views

    बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

    काठमाडौँ, असार २४ । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति लिपिङ खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिनुभयो ।

    images

    यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

    प्रमुख जिल्ला अधिकारी पौडेलले ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पु¥याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जानकारी दिनुभयो ।

    यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी उहाँले दिनुभयो ।

    उहाँका अनुसार ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन ।

    उहाँले समग्रमा क्षति ठूलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । 


    तेस्रो आँखा