• ट्रेण्डिङ्ग :
भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान् दिनः सभामुख घिमिरे

भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान् दिनः सभामुख घिमिरे


  • 1.6K
    SHARES
    • आषाढ २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 2.5K Views

    भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान् दिनः सभामुख घिमिरे

    काठमाडौँ, असार २९ । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्मदिन नेपाली भाषाको गौरव गाउने महान् दिन भएको बताउनुभएको छ । आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    images

    उहाँले नेपाल मात्र नभई आज दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताउनुभयो । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गर्नुभयो । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्त्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताउनुभयो ।

    सभामुख घिमिरेले भन्नुभयो, ‘‘भानु जयन्ती केवल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान् दिन हो । नेपाल मात्र होइन, दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो । त्यो उत्सवमा भानु जयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ । किनभने त्यो चाड भाषासँग सम्बन्धित चाड हो । संस्कृति र पहिचानको महान् चाड हो ।’’

    सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशील र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभयो ।

     


    तेस्रो आँखा