• ट्रेण्डिङ्ग :
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजिनामा

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजिनामा


  • 3.1K
    SHARES
    • आषाढ ३१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.7K Views

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजिनामा

    काठमाडौँ,  असार ३१ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । 

    images

    मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको राससलाई बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपियाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ । रासस


    तेस्रो आँखा