• ट्रेण्डिङ्ग :
एमालेले ‘सिपिएन युएमएल’ नामको एप बिहिबार देखि बजारमा ल्याउने

एमालेले ‘सिपिएन युएमएल’ नामको एप बिहिबार देखि बजारमा ल्याउने


  • 5.3K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    एमालेले ‘सिपिएन युएमएल’ नामको एप बिहिबार देखि बजारमा ल्याउने

    काठमाडाैं,९ चैत्र ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमाले पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप  बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताएका छन् । एमालेमा पहिला आठ लाख ५५ हजार सदस्य रहेकोमा अहिले ११ लाख सदस्य पुगेको दाबी गर्दै उक्त एप चुनाव केन्द्रीत गतिविधका लागी प्रयाेगमा ल्याइने बताएका हुन् । 

    images

    केन्द्रीय कमिटी बैठकमा बाेल्दै उनले  कम्युनिष्टहरूकाे मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्।  ‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उनले भने, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए। उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए। उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए।

    उनले जनताको घरदैलोमा विकास पु¥याउने स्थानीय सरकारले भएको बताए। केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो। एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गरेका थिए। उनले पार्टीले चुनाव केन्द्रित ’सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्। उनले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप