• ट्रेण्डिङ्ग :
गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा


  • 4.0K
    SHARES
    • श्रावण ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.1K Views

    गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

    न्यूयोर्क, साउन २ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको इजरायली बम विष्फोटको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गर्नुभएको छ ।  

    images

    नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रसङ्घका प्रवक्ताले भन्नुभयो, “गुटेर्रेसले पूजा स्थलहरूलाई लक्षित गरी गरेको आक्रमण अस्वीकार्य भएको कुरामा जोड दिदै आश्रय खोज्ने नागरिकलाई सम्मान र सुरक्षा गर्न र सैन्य शक्तीको दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ ।”   

    महासचिवले तत्काल युद्धविराम र सबै बन्धकहरूको बिना शर्त तत्काल रिहाइको आवश्यकतामा जोड दिदै सबै पक्षलाई नागरिकहरूको रक्षा गर्ने आफ्नो दायित्वको पूर्ण पालना गर्न र पट्टीमा मानवीय सहायताको पहुँच दिन आह्वान गर्नुभएको छ । रासस/क्युएनए  

     


    तेस्रो आँखा