• ट्रेण्डिङ्ग :
भ्रष्टाचारको मुहान नै निर्वाचन प्रणाली :अध्यक्ष प्रचण्ड

भ्रष्टाचारको मुहान नै निर्वाचन प्रणाली :अध्यक्ष प्रचण्ड


  • 1.5K
    SHARES
    • श्रावण ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.3K Views

    भ्रष्टाचारको मुहान नै निर्वाचन प्रणाली :अध्यक्ष प्रचण्ड

    काठमाडौँ, साउन २ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो।

    images

    ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो।

    उहाँले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो। जनसङ्ख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो।

    अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो।  मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न माग अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ।  


    तेस्रो आँखा