• ट्रेण्डिङ्ग :
दाङमा गाडीले किचेर एक जनाको मृत्यु

दाङमा गाडीले किचेर एक जनाको मृत्यु


  • 17.6K
    SHARES
    • श्रावण ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 27.1K Views

    दाङमा गाडीले किचेर एक जनाको मृत्यु

    दाङ ४ साउन । दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानिया रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

    images

    आइतबार बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।

    गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # गाडीले किचेर

  • तेस्रो आँखा