• ट्रेण्डिङ्ग :
एनआरएनए जर्मनी काे अध्यक्षमा लाेकमणि ढकालकाे उम्मेदवारी घाेषणा

एनआरएनए जर्मनी काे अध्यक्षमा लाेकमणि ढकालकाे उम्मेदवारी घाेषणा


  • 3.3K
    SHARES
    • श्रावण ६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    एनआरएनए जर्मनी काे अध्यक्षमा लाेकमणि ढकालकाे उम्मेदवारी घाेषणा

    काठमाडौ, ५ साउन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनी (एनआरएन) 2025- 27 काे कार्यकालकाे लागि लाेकमणि ढकालले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नुभएको छ ।

    images

    यहि जुलाई बाट हुने एनआरएन जर्मनीकाे निर्वाचनकाे लागि उहाँले उम्मेदवारी घाेषणा गर्नुभएको हाे ।

    “सबल, पारदर्शी, समावेशी र युवा सहितको उत्कृष्ट एवं गतिशील एनआरएनए – हाम्रो साझा प्रतिबद्धता" भन्नू मुल नारा सहित ढकालले उमेदवार घाेषणा गर्नुभएको हाे ।

    `संस्थामा सक्रिय योगदानगर्दै क्रमबद्ध रूपले यहॉ सम्म आईपुगेकाे छ` उहाँले भन्नुभयो, ` अबको मेरो विकल्प र गन्तव्य- एनआरएनए जर्मनीमा नेतृत्वसहितको समय समाजिक कार्यमा दिन चाहन्छु´। गैरआवासीय जर्मनीमा हुने विभिन्न उच्चस्तरीयकाे शिक्षा एवम् राेजगारका कामहरुलाई विशेष प्राथमिक दिने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, `यहॉहरूलाई अवगत नै छ, म लामो समय देखि निरन्तर रूपमा संस्थामा सक्रियरहि, आर्जन गरेका मेरा अनुभव साथै आत्मविश्वासका साथ सहज वा असहज दुबै परिस्थितिमा पनि संस्थाको बृहत्तर एकताको लागि आफुले निभाएको विवेकपुर्ण भूमिका एंव ज़िम्मेवारीकै आधारमा, यसपटक अध्यक्षको ज़िम्मेवारी बहन गर्ने ईच्छा गरेको छु´।
    सम्पूर्ण सदस्यज्युहरुकाे सल्लाह, सुझाव, तथा  मार्गनिर्देशिनलाई आत्मासाथ गर्दै अधि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यस अघि ढकाल (२००५) साधारण सदस्य, (२०१४-१७) संयोजक NRNA LCC Hessen, (२०१९-२१) महासचिव NCC Germany, (२०२१-२३) उपाध्यक्ष NCC German र (२०२३-२५) वरिष्ठ उपाध्यक्ष  NCC Germany  बनिसक्नु भएको छ ।

    ढकालले संस्थागत सुदृढिकरण, आपतकालीन कोषको स्थापना गर्ने, सबै LCC हरूसंग समन्वय गरि स्थानिय स्तरमा विविध कार्यक्रमहरू गर्ने, नेपाली डायस्पोराको हितमा विभिन्न तहमा सहकार्य र सामुहिक लगानी, युवा पुस्ता र भावी नेतृत्वको विकास साथै व्यापक सहभागिता जस्ता प्रमुख कार्यक्षेत्रहरूमा  प्रतिबद्धता गर्नुभएको छ ।

    यस महत्त्वपूर्ण अभियानमा सम्पुर्ण सदस्यहरुकाे अमूल्य साथ, सहयोग र सुझावको अपेक्षा गर्नुभएको छ


    तेस्रो आँखा