• ट्रेण्डिङ्ग :
आजको मौसम :देशभर मनसुनी वायुको प्रभाव

आजको मौसम :देशभर मनसुनी वायुको प्रभाव


  • 2.8K
    SHARES
    • श्रावण ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    आजको मौसम :देशभर मनसुनी वायुको प्रभाव

    काठमाडौँ, साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    तेस्रो आँखा