• ट्रेण्डिङ्ग :
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


  • 2.5K
    SHARES
    • श्रावण ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं, ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।

    images

    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए । आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका हुन् ।

    त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई बोल्न समय दिनुभएको थियो । उहाँहरूले आ–आफ्ना धारण राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिनु भएको थियो ।

     


    तेस्रो आँखा