• ट्रेण्डिङ्ग :
‘वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छ’

‘वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छ’


  • 5.6K
    SHARES
    • श्रावण ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 8.6K Views

    ‘वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छ’

    काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ । 

    images

    प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी र सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ । सरकारले वि। स। २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको हो । एक हिसाबले यो उत्पादनशीलता दशक पनि हो । नेपालका विकास प्रमुख क्षेत्रहरू उद्योग, पर्यटन लगायतका क्षेत्रमा निजी तथा सरकारीस्तरबाट ठुलो लगानी भइरहेकोले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको छ ।’

    अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।


    तेस्रो आँखा