• ट्रेण्डिङ्ग :
चिकित्सक संघको सहमति कार्यान्वयनमा गम्भीर हुन सरकारलाई आग्रह

चिकित्सक संघको सहमति कार्यान्वयनमा गम्भीर हुन सरकारलाई आग्रह


  • 2.6K
    SHARES
    • श्रावण ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.0K Views

    चिकित्सक संघको सहमति कार्यान्वयनमा गम्भीर हुन सरकारलाई आग्रह

    काठमाडौँ, साउन ७ ।  नेपाल चिकित्सक संघले संघसँग भएको  सहमति  कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरेको छ। 

    images

    संघका महासचिव डा. सञ्जिव तिवारीले विज्ञप्ति जारी गर्दै संघसँग भएको सहमति कार्यान्ययनका लागि गम्भिर हुन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको हो। 

    उपभोक्ता संरक्षण ऐन लगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनको माग गर्दै आन्दोलनरत चिकित्सकसँग सरकारले असार २४ गते तीन बुँदे सहमतिगरेको थियो। 

    उक्त सहमति अनुसार विभिन्न सरोकारवाला मन्त्रालयका  प्रतिनिधि सम्मिलित  कार्यदलद्वारा कानुन संशोधनको  विषयमा सात दिन भित्र सुझाव  सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भएतापनि हालसम्ममा पनि ठोस प्रतिफल नदेखिएकोले सो कार्यदल पूर्ण रुपमा निस्क्रिय रहेको संघको ठहर छ। 

    सरकारमा रहेका उच्च पदस्थ अधिकारीसँग  भएको  सहमति समेत समयमा पालना नहुँदा उक्त पदाधिकारीको मौखिक वा लिखित प्रतिबद्धतामाथि भविष्यमा समेत  विश्वास गर्ने कुनै आधार नरहेको र यसबाट सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति संघले  सरकारको ध्यानाकर्षण गराएको छ । 

    यदि सरोकारवाला निकाय सहमति कार्यान्वयनमा गम्भीर नभई आन्दोलनका लागि बाध्य पार्ने स्थिति सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुने चेतावनी दिएको छ।  


    तेस्रो आँखा