• ट्रेण्डिङ्ग :
वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली


  • 2.9K
    SHARES
    • श्रावण १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

    काठमाडौँ, साउन १२  । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई-मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । 

    images

    आज सामाजिक सञ्जालमार्फत उहाँले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । 

    “द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।  

    उहाँले काठमाडौँ–तराई, मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताउनुभएको उल्लेख गर्नुभएको छ ।

     


    तेस्रो आँखा