• ट्रेण्डिङ्ग :
‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’


  • 3.1K
    SHARES
    • श्रावण १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.8K Views

    ‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

    अत्तरिया (कैलाली),  साउन १३ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।  आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले  विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था  नरहेको बताउनुभयो । 

    images

    उहाँले भन्नुभयो, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”  रासस

     


    तेस्रो आँखा