• ट्रेण्डिङ्ग :
संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश, अन्तरिम आदेश जारी भएन

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश, अन्तरिम आदेश जारी भएन


  • 9.4K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश, अन्तरिम आदेश जारी भएन
    काठमाडौं, ९ चैत । सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

    सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो । 

    images

    कामु प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो । कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश भने आएन । 

    सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप