• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि भोलि छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि भोलि छलफल हुने


  • 6.2K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि भोलि छलफल हुने

    काठमाडौं, ९ चैत । नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको छ ।

    images

    बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    'भोलिको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ। त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा अजेन्डामा भोलि छलफल गर्दै निष्कर्षमा पुग्छौं' प्रचार विभाग प्रमुख  गुरुङले भने। 


    तेस्रो आँखा