• ट्रेण्डिङ्ग :
भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द


  • 8.2K
    SHARES
    • श्रावण १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 12.7K Views

    भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

    रामेछाप, साउन १८ । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।

    images

    शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे सवारीसाधनबाहेक अन्य सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो खुलाउने प्रयास जारी छ ।”   

    पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो । शुक्रबार रातिको वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुङ्गेलले बताउनुभयो । खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताउनुभयो ।

    रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै सवारीसाधन यही बाटो भएर राजधानी आवतजावत गरेका थिए । हाल पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन बोकेका सवारीसाधन यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाडाँै तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ । रासस 

  • सम्बन्धित विषय:

  • # भटौली खोला

  • तेस्रो आँखा