• ट्रेण्डिङ्ग :
घुस लिएको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा

घुस लिएको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा


  • 9.3K
    SHARES
    • श्रावण १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 14.4K Views

    घुस लिएको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा

    काठमाडौँ, साउन १८ । बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चारजना विरुद्ध मुद्दा दायर भएको छ ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले २० हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले उहाँविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता पौडेल बताउनुहुन्छ । 

    मुद्दा दायर हुनेमा जग्गाको मोठ भिडाउन सहजीकरण गर्ने शान्ति पुन, खरिदार रतनबहादुर जि सी, हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारी हुनुहुन्छ । उहाँहरु विरुद्ध २० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।


    तेस्रो आँखा