• ट्रेण्डिङ्ग :
आज दिउँसो कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

आज दिउँसो कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना


  • 4.8K
    SHARES
    • श्रावण २५, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 7.3K Views

    आज दिउँसो कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ,  साउन २४ ।  मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


    तेस्रो आँखा