• ट्रेण्डिङ्ग :
पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ


  • 6.4K
    SHARES
    • श्रावण २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 9.9K Views

    पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ, साउन २५  । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उहाँका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिनुभयो ।

    “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । 

    नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो । रासस 


    तेस्रो आँखा