• ट्रेण्डिङ्ग :
भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता

भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता


  • 2.8K
    SHARES
    • भाद्र १०, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.3K Views

    भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता

    सिन्धुपाल्चोक, भदौ १० गते । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ । 

    images

    उक्त बलेरोमा सवार रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महत्तो र बलेरो चालक सर्लाही बरथह वा. न.पा. २ का २३ वर्षीय राजेशकुमार कुसहवा भोटेकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । 

    बलेरोलाई टुचन लगाई तान्ने क्रममा एकजनाको शव नदीले बगाएको जिप्रकाले जनाएको छ । भोटेकोशी नदीमा बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेले जानकारी दिनुभयो । बलेरो के कारणले भोटेकोशी नदीमा खस्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । 

     


    तेस्रो आँखा