• ट्रेण्डिङ्ग :
आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय


  • 4.1K
    SHARES
    • भाद्र १२, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.2K Views

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    काठमाडौं । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा अभियुक्त आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ ।

    images

    न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवमा दोषी ठहर गर्दै दुबै जनालाई कैदसँगै आर्थिक जरिवाना र क्षतिपूर्ति तिर्ने आदेशसमेत दिएको हो ।

    सुर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा अवैध रूपमा रकम उठाइरहेका व्यक्तिहरूमाथि कारबाही गर्न सुरक्षानिकायमा उजुरी दिएको थियो । सो क्रममा आशिका तामाङसहितको समूहले पालिकाद्वारा राखिएको सूचना च्यातेको, सार्वजनिक काममा अवरोध पुर्‍याएको भन्दै आपराधिक उपद्रवमा मुद्दा दायर गरिएको थियो ।

    अदालतले दुबैलाई पाँच–पाँच दिन कैदका साथै रु ५ सय जरिवाना, रु ८,३ सय क्षतिपूर्ति पीडितलाई तिर्नु पर्ने र पीडित राहत कोषमा जनही रु २०० जम्मा गर्नुपर्ने आदेश दिएको छ ।

    अदालतमा बयान दिने क्रममा आशिका तामाङले घटनाबारे गल्ती महसुस गरेको र दोहोरिन नदोहोरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    उक्त मुद्दा सार्वजनिक चासोको विषय बनेको थियो, जसमा युवाहरूको सामाजिक गतिविधि, स्थानीय तहको भूमिकासम्बन्धी बहससमेत चलेको थियो ।

     


    तेस्रो आँखा