काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लिपुलेकको विषयमा ध्यानाकर्षण गराउनु भएकाे छ । सामाजिक सञ्जालमार्फत मेयर साहले प्रधानमन्त्रीलाई लिपुलेक हाम्रो भूभाग भएको कुरा चीन सरकारलाई सम्झाउन नबिर्सन आग्रह गर्नु भएकाे हाे ।
मेयर साहले लेख्नु भएकाे छ, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best, हामीलाई तपाईँमाथि पूर्ण विश्वास छ ।’
प्रधानमन्त्री ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गर्नु भएकाे छ । उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीजानु भएकाे हाे ।
चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।
All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।
