• ट्रेण्डिङ्ग :
रास्वपाले रूपन्देही-३ का उम्मेदवार घोषणा गर्दै, केन्द्रीय सचिवालय बैठक बोलायो

रास्वपाले रूपन्देही-३ का उम्मेदवार घोषणा गर्दै, केन्द्रीय सचिवालय बैठक बोलायो


  • 3.6K
    SHARES
    • भाद्र १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.5K Views

    रास्वपाले रूपन्देही-३ का उम्मेदवार घोषणा गर्दै, केन्द्रीय सचिवालय बैठक बोलायो

    काठमाडौं, १५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीको कार्यवाहक डिपी अर्यालले आज दिउँसो १ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक बोलाउनु भएको हो ।

    images

    प्रवक्ता मनिष झाकाअनुसार बैठकको मुख्य एजेन्डाहरूमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटको मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालनबारे छलफल गरिनेछ । साथै विविध विषयमाथि पनि विचार विमर्श हुने कार्यसूची रहेको छ ।

    सचिवालय बैठकलगत्तै पार्टी प्रवेश कार्यक्रम र विशेष गरी रूपन्देही(३ मा हुने उपनिर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताउनुभयो । घोषणाले आसन्न उपनिर्वाचनमा रास्वपाको चुनावी रणनीतिलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।


    तेस्रो आँखा