काठमाडौं । संसदीय सुनुवाइ समिति ९संयुक्त० को सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध हुनु भएकाे छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
संघीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गडबडी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठर्हयाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट खतिवडाले राजीनामा दिनुभएकाे थियाे । त्यसपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले १० भदौमा राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बन्नु भएकाे थियाे ।
आज बस्ने संसदीय सुनुवाइ समिति ९संयुक्त०को बैठकले खतिवडालाई सभापति घोषणा गर्नेछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।
